काठमाडौं ।
सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा.महेन्द्र विष्टलाई पितृशोक परेको छ। उनका पिता मानबहादुर विष्टको ९१ वर्षको उमेरमा बिहीबार त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो।
उनको पार्थिव शरीर शुक्रबार बिहान १०ः३० बजे त्रिवि शिक्षण अस्पतालबाट शवयात्रा गरी ११ः३० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने कार्यक्रम तय भएको डा.विष्टले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
खोटाङ चुम्लुङमा जन्मिएका स्व.विष्ट समाजसेवी थिए। उनका पाँच छोरा र एक छोरी छन्।
प्रतिक्रिया