काठमाडौँमा थारु समुदायको मागी (तस्बिरहरु )


काठमाडौँ। 

काठमाडौँमा बसोबास गर्दै आएका थारु समुदायले आज माघी पर्व  धूमधामका साथ मनाइरहेका छन् । आज बिहानै स्नान, दान, खानपिन र रमाइलो गरेर  माघी पर्व मनाइरहेका हुन् । 

काठमाडौंको वसन्तपुरमा भेला भएका थारु समुदायले आफ्नो कला–संस्कृति झल्कने पहिरनमा सजिएर  शुभकामना आदानप्रदान गरेका छन्। 

सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ ।

माघ १ गतेदेखि पाँच दिनसम्म धूमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । 

तस्बिर: अनिल आङदेम्बे

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।