सरकारले तोक्यो दुई न्यायधिशको नयाँ जिम्मेवारी


काठमाडाैं ।

सरकारले दुई जना न्यायधिसको जिम्मेवारी तोकेको छ ।

गत पुस २६ गते बसेको मन्त्री परिषद्को बैठकले २ जना न्यायधिसलाई नयाँ जिम्मेवारी तोकिएको सरकारका प्रवक्तासमेत रहेका सुचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिए ।

उनका अनुसार राजश्व न्यायाधिकरण काठमाडौँको कानुन सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश ब्रजेश प्याकुरेललाई तोकिएको छ भने  विशेष अदालत काठमाडौँको सदस्य पदमा उच्च अदालत पाटनका न्यायाधीश विदुर कोइरालालाई तोकिएको उनले जानकारी दिएका छन् ।
 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।