काठमाडौं ।
प्रतिनिधि सभाका नवनियुक्त सचिव हर्कराज राईले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
बुधवार सिंहदरबारमा सभामुख देवराज घिमिरेले सचिव राईलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले सभामुखको सिफारिसमा पूर्वसचिव राईलाई मंगलवार सचिव पदमा नियुक्त गरेका हुन् ।
शपथ कार्यक्रममा संसद सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेलगायत अधिकारीहरूको सहभागिता रहेको थियो ।











प्रतिक्रिया