चितवनविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली


काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटर खेलमा चितवन राइनोजविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गरिरहेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर फिल्डिङ रोजेपछि कर्णालीले ब्याटिङको निम्तो पाएको हो।

आजको खेलको विजेताले दोस्रो क्वालिफायर्स खेल्नेछ। पराजित टोली भने प्लेअफबाटै बाहिरिनेछ। यसअघि यी दुई टोली समूह चरणमा भने आमनेसामने भइसकेका छन्। समूह चरणमा चितवनलाई कर्णालीले ६ विकेटले पराजित गरेको थियो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।