कर्णालीविरुद्ध टस जितेर फिल्डिङ गर्दै सुदूरपश्चिम


काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध पहिला फिल्डिङ गरिरहेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर फिल्डिङको निर्णय लिएका हुन्।

सुदूरपश्चिमले यसअघिका छ खेलमध्ये पाँच खेलमा जित हात पारेको छ भने एक खेलमा हार बेहोरेको छ । दश अङ्कसहित तालिकाको पहिलो स्थान कब्जा गरेको सुदूरपश्चिम यसअघि नै प्लेअफ चरणमा प्रवेश गरिसकेको छ।

आजको खेलमा कर्णालीले सुदूरपश्चिमलाई जित्नैपर्ने दबाब छ। आजको खेलमा कर्णाली फराकिलो अन्तरले हारे लिगबाट बाहिरिने छ भने काठमाडौं प्लेअफमा पुग्ने समीकरण बन्ने छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।