ज्ञानभूमि र कान्तिपुरलाई तानडोरी उपाधि


काठमाडौं ।

ज्ञानभूमि र कान्तिपुरले सातौं एनप्याब्सन खेलकुद सप्ताहअन्तर्गत तानडोरीको उपाधि बुधबार जितेका छन्। ज्ञानभूमि छात्र तथा कान्तिपुर छात्रामा पहिलो भए।

एनप्याब्सन काठमाडौं जिल्ला कार्यसमितिद्वारा आयोजित प्रतियोगिताको छात्रमा कान्तिपुर दोस्रो तथा पिक प्वाइन्ट तेस्रो भए। भीमसेनगोलासिथत अमर आदर्श स्कुलमा भएको प्रतियोगिताको छात्रामा पिक प्वाइन्ट दोस्रो तथा मिलन धर्मस्थली तेस्रो बने। योसँगै विभिन्न ४ खेल समावेश खेलकुद सप्ताहमा ३ खेलको प्रतिस्पर्धा सकिएको आयोजकले जनाएको छ।

यसअघि छात्र फुटसल तथा छात्र/छात्राको कबड्डी सम्पन्न भएको थियो । फुटसलमा अमर आदर्शले उपाधि जित्यो । कबड्डीमा भीमेश्वर एकेडेमीले दोहोरो उपाधि चुमेको थियो।

बिहीबारदेखि छात्र बास्केटबल हुनेछ। सरस्वतीनगरस्थित एपेक्स लाइफ स्कुलमा हुने बास्केटबलमा १८ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन्।