पोखराविरुद्ध टस जितेर ब्याटिङ गर्दै विराटनगर


काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ। काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन्।

विराटनगरले ब्याटिङको निर्णय लिएसँगै पोखराले फिल्डिङको निम्तो पाएको छ। यसअघि यी दुवै टोलीले चार/चार खेल खेलीसकेका छन्। जसमा दुवै टोलीले एक/एक खेलमा जित निकालेका छन्।

चार खेलमा तीन खेल हारेको पोखरा सातौं र विराटनगर आठौं स्थानमा छ। आजको खेल जित्ने टोलीको प्लेअफको सम्भावना कायमै रहने छ। हार्ने टोली भने प्लेअफको होडबाट बाहिरिने छ।

Skip This