क्लबस्तरीय उपाधि बकैयालाई


हेटौंडा ।

मकवानपुरको बकैया गाउँपालिकामा आयोजना भएको क्लबस्तरीय फुटबल प्रतियोगिताको उपाधि बकैया खेलकुद विकास समितिले जितेको छ। आइतबार वडा नम्बर–५ स्थित कर्मचुलीमा भएको फाइनलमा आयोजक जनएकता क्लबलाई १–० गोलले हराउँदै बकैयाले उपाधि जितेको हो।

बकैयाको जितमा बिपन श्रेष्ठले ६५ औं मिनेटमा निर्णायक गोल गरे। उनले फ्रिकिकमार्फत् उत्कृष्ट गोल गरेका हुन् । उनी खेलको म्यान अफ दी म्याच श्रेष्ठ घोषित भए। जितसँगै बकैयाले १ लाख ११ हजार १ सय रुपियाँ प्राप्त गर्‍यो।

उपविजेता आयोजकले ५५ हजार ५ सय ५५ रुपियाँ हासिल गरेको थियो। प्रतियोगिताका सर्वोत्कृष्ट बकैयाका सुजन गुरुङ घोषित भए । उनले नगद ३ हजार रुपियाँ प्राप्त गरे।

मिडफिल्डर सुबराज गोले, सर्वाधिक गोलकर्ता अभिषेक भोलन, गोलरक्षक जन एकताका सुजन बल र डिफेन्डर जन एकताकै सुसन वाइबा घोषित भए । अन्य विधागत् उत्कृष्टले २ हजार रुपियाँ प्राप्त गरेका छन्।

Skip This