एनपीएलमा पोखरा एभेन्जर्सकाे पहिलो जित


काठमाडौं ।

पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग पहिलो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार पोखराले लुम्बिनी लायन्सविरुद्ध १० विकेटको विकेटको सनदार जित दर्ता गरेकाे हाे ।  लुम्बिनीले प्रस्तुत गरेको १७१ रनको पछायाएकाे पाेखराले १६.५ओभरमा कुनै पनि विकेट नगुमाइ पूरा गरेकाे हाे ।

पोखराका लागि आन्द्रेस गोउसले ५५ बलमा १२ चौका र पाँच छक्काको मद्दतले अविजित १०४ रनको योगदान गरेका थिए भने दिनेश खरेलले ४६ बलमा समान चार चौका र छक्काको मद्दतले ६१ रन बनाए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले २० ओभरको समाप्तिमा पाँच विकेट गुमाउँदै १७० रनको योगफल तयार पार्यो । रोहित र मूर्सले चौथो विकेटका लागि ११० रनको साझेदारी गरे । रोहितले ५९ बलमा १० चौका र चार छक्कासहित ९५ रनको पारी खेल्दा मूर्स अर्धशतकबाट पाँच रनले चुके ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।