लुम्बिनीले दियो पोखरालाई १७१ रनको लक्ष्य


काठमाडौं ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई १७१ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १७० रन जोड्यो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९५ रन जोडे । यो एनपिएलको सबै भन्दा ठुलो स्कोर हो ।

रोहितले ५९ बलमा ९५ रनको आक्रामक कप्तानी पारि खेले । उनले १० चौका र ४ छक्का हिर्काए ।

सन्दीप जोराले १८ रनको योगदान दिए । उनले २ चौका र १ छक्का प्रहार गरे । आज पनि लुम्बिनीका ओपनरहरू चल्न सकेनन् । ओपनर आशुतोष घिरैया र उन्मुक्त चन्द शून्य रनमा आउट भए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।