अब प्रधानमन्त्री देउवाजीलाई हस्तान्तरण गर्छु : प्रधानमन्त्री ओली


काठमाडौं ।

चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अबको १८ महिनापछि प्रधानमन्त्रीको पद शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने बताएका छन् ।

प्रधानमन्त्रीले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, अब १८ महिनाजति छ क्यारे मेरो पालो, त्यसपछि शेरबहादुर देउवाजीलाई हस्तान्तरण गर्छु । चुनावमा सबैले बहुमत ल्याउने कोसिस गरौँला । हाम्रो गठबन्धन चुनावसम्मका लागि हो ।

प्रधानमन्त्री ओलीले अनुकूल हेरेर भारत भ्रमणमा जानेसमेत बताएका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।