प्रधान सेनापतिद्वारा उपरथी पुनलाई दर्ज्यानी चिन्ह प्रदान


काठमाडौं ।

नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी प्रेम बहादुर पुनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

बुधबार प्रधान सेनापति सिग्देलले उनलाई जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रममा पदोन्नति भएको दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । पदोन्नतिसँगै उपरथी पुन मध्य पश्चिम पृतनाको पृतनापतिमा नियुक्त भएका छन् ।

उक्त कार्यक्रममा बलाध्यक्ष रथी प्रदीप जंग के।सी।, रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।