त्रिशुली नदीमा चामल बोकेको ट्रक खस्यो


धादिङ ।

नवलपरासीबाट चामल बोकेर काठमाडाैंंतर्फ आउँदै गरेकाे लु २ ख ३५० नम्बरको मलावाहक ट्रक पृथ्वीराजमार्ग अन्रतर्गत धादिङको बेनिघाट रोराङग गाउँपालिका-१० स्थित हुग्दीखोला नजिकैबाट त्रिुशली नदीमा खसेको छ ।

दुर्घटनास्थलबाट ट्रक चालक नवलपरासी पश्चिमका २७ वर्षीय आशिष महतो, सहचालक २६ वर्षीय राजु थापामगर र ट्रक धनी खैरहनी नगरपालिका ४६ वर्षीय सुरेश गुरुङलाई प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रह्लाद सिलवालले जानकारी दिए ।

ट्रक नदिमा देखिएकाे छ । चामल सबै नष्ट भएकाे छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।