वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा इङ्ल्याण्डको विजयी सुरुवात


काठमाडौं ।

इङ्ल्याण्डले वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा विजयी सुरुवात गरेको छ। गए राति सम्पन्न सिरिजको पहिलो खेलमा इङ्ल्याण्डले वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको हो।

वेस्ट इन्डिजले दिएको १८३ रन्को लक्ष्य पछाएको इङ्ल्याण्डले १६.५ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो। इङ्ल्याण्डका लागि फिल साल्टले १०३ तथा ज्याकब बेथेलले ५८ रन बनाएका थिए। 

यस अघि वेस्ट इन्डिजले टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १८२ रन बनाएको थियो। यो जितपछि ५ खेलको सिरिजमा इङ्ल्याण्डले १-० को अग्रता हासिल गरेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।