एस्टन भिल्लामाथि लिभरपुलको सहज जित


काठमाडौं ।

लिभरपुलले इङलिश प्रिमियर लिग अन्तर्गत एस्टन भिल्लामाथि जित हासिल गरेको छ। गए राति सम्पन्न खेलमा लिभरपुलले एस्टन भिल्लालाई २-० गोल अन्तरले पराजित गरेको हो।

लिभरपुलको जितमा डर्विन नुनेज र मोहमद सलाहले एक एक गोल गरेका थिए। यो जितपछि लिभरपुलले प्रिमियर लिगमा आफ्नो अग्रता बढाएको छ। लिभरपुलको ११ खेलमा २८ अंक भएको छ र लिगमा शिर्ष स्थानमा छ।

त्यस्तै लिभरपुल दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी भन्दा ५ अंकले अगाडी रहेको छ। त्यसैगरी एस्टन भिल्लाको ११ खेलमा १८ अंक रहेको छ र लिगमा आठौँ स्थानमा छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।