लापोर्टेको गोलमा अल नासर विजयी


काठमाडौं ।

अल नासर एएफसी च्याम्पियन्स लिग अन्तर्गतको खेलमा विजयी भएको छ। गए राति सम्पन्न खेलमा अल नासरले इरानी क्लब इस्टेघलाललाई १-० गोल अन्तरले पराजित गरेको हो।

अल नासरको जितमा खेलको ८१औं मिनेटमा आइमेरिक लापोर्टेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। यो यस सिजनको च्याम्पियन्स लिगमा अल नासरको दोस्रो जित हो । ३ खेलमा ७ अंकसहित अल नासर चौथो स्थानमा रहेको छ। त्यस्तै इस्टेघलालको ३ खेलमा ३ अंक रहेको छ।

अब अल नासरले च्याम्पियन्स लिगको अर्को खेलमा नोभेम्बर ५ मा युएईको क्लब अल ऐनसँग खेल्ने तालिका रहेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।