गैरकानुनी रुपमा नेपालमा बसिरहेका १५ जना बंगलादेशी नागरिक पक्राउ

0
Shares

काठमाडौँ ।

भिसा अवधि समाप्त भएर गैरकानुनी रूपमा नेपालमा बसिरहेका १५ जना बंगलादेशी नागरिक पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेलबाट बस्ने ४० वर्षीय मोखल्स, २० वर्षीय अमिरुल इस्लाम रोबिन, ३५ वर्षीय मसूद सिकरी, २५ वर्षीय मुसा ढाली, २० वर्षीय एमडी मुशर्रफ हुसैन, २४ वर्षीय सोजिब मिया, २० वर्षीय मोहम्मद अल अमीन, ४४ वर्षीय एमडी अनवर हुसैन, २२ वर्षीय सलमान मिया, २१ वर्षीय सालेह अहमद रिजुओन, ३१ वर्षीय एमडी अबु सालेह, २० वर्षीय एमडी जस्ट आलोम, ३९ वर्षीय एमडी मोनिर हुसेन, २७ वर्षीय एमडी हफिज उद्दीन र २१ वर्षीय कमरुल हसनलाई पक्राउ गरेको हो । 

उनीहरु शंकास्पद गतिविधिहरुमा समेत संलग्न रहेको सूचनाको आधारमा कार्यालयको विशेष टोलीले राजधानीको ठमेल तथा सोह्रखुट्टे एरियाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभाग पठाइएको छ ।