सप्तकोसीमा पानीको बहाव घट्यो


सुनसरी ।

सप्तकोशी नदीले कोशी ब्यारेजको बहाव घट्नेक्रममा रहेको छ । यद्यपी अहिले पनि खतरनाक विन्दु पनि पारको अवस्थामा रहेको सप्तकोशी जलमापन केन्द्रले जानकारी दिएको छ ।

आइतबार अपराहन्न साढे ४ बजेसम्मको अपडेट अनुसार सप्तकोशीमा ३ लाख ५० हजार ३७० क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको छ । अहिले पनि ब्यारेजका सबै ५६ ढोका खोलिएको छ ।

यस बर्ष कोशी ब्यारेजमा पाँच दशकमै सबै भन्दा बढी जलसतह मापन गरिएको छ । आज बिहान जलसतह ६ लाख ६१ हजार क्युसेक प्रतिसेकेण्डसम्म पुगेको थियो ।

सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा हाल एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।