काठमाडौँ।
मुग्लिन-पोखरा सडक अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका २ ऐना पहरामा बस दुर्घटना भएको छ ।
प्राप्त खबर अनुसार बिहान ११ बजे तिर बस सडकबाट करिब १०० मिटर तल मर्स्याङ्दी नदीमा खसेको छ । अहिले प्रहरी घटनास्थल पुगी उद्धार कार्यमा जुटिरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ।
भारतीय नम्बरप्लेटको गाडी रहेको प्रारम्भिक सूचना आएको तर निश्चित हुन बाँकी रहेको बताइएको छ
घटनाको विस्तृत विवरण आउन बाँकी छ।











प्रतिक्रिया