काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन बिहान १०:२६ बजे शुभसाइतमा टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने भएका छन्।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा गुरु पुरोहितबाट टीका ग्रहण गर्ने कार्यक्रम रहेको छ।
यसअघि राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने परम्परा रहे पनि मुलुकको विषम परिस्थितिका कारण गत वर्षदेखि उक्त कार्यक्रम सञ्चालन गरिएको छैन।











प्रतिक्रिया