काठमाडौँ।
परराष्ट्रमन्त्री आरजु राणा देउवा भोलि आइतबार पाँच दिने भारत भ्रमणमा जाने भएकी छन् ।
परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणमा परराष्ट्रमन्त्री देउवाले भाेलि २ देखि ६ भदौसम्म भारत भ्रमण गर्ने जानकारी गराएको हो ।
साउन ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्रमन्त्री राणाको भारत भ्रमणको कार्यतालिका स्वीकृत गरेको थियो ।
भ्रमणका क्रममा मन्त्री राणाले भारतीय विदेशमन्त्री यस जयशंकरसँग भेटवार्ता गर्ने र दुई देशीय सम्बन्धका बारेमा छलफल गर्ने बताइएको छ ।
परराष्ट्रमन्त्री देउवा ६ भदौमा स्वदेश फिर्ता हुने छिन् ।












प्रतिक्रिया