ओलम्पिकमा फाइनल खेल्न नपाएकी फोगाटले गरिन् कुस्तीलाई ‘अलबिदा’


काठमाडौं ।

पेरिस ओलम्पिकको कुस्तीको ५० केजी समूहको फाइनलमा बढी तौलका कारण अयोग्य भएकी भारतकी खेलाडी विनेश फोगाटले कुस्तीलाई अलबिदा गरेकी छन् । पेरिस ओलम्पिकको फाइनलबाट बाहिरिएपछि विनेशले सामाजिक सञ्जालमार्फत कुस्ती छोडेको घोषणा गरेकी छन् ।

विनेशले लेखेकी छन्- ‘आमा, कुस्तीले मलाई जित्यो, म हारेँ । माफ गर तिम्रो सपना, मेरो हिम्मत टुट्यो । मसँग अहिले यो भन्दा बल छैन। अलबिदा कुश्ती २००१-२०२४’ उनले अगाडी लेखेकी छन्– ‘म तपाईंहरु सबैको सधैँ ऋणी रहनेछु। क्षमा।’

उनलाई बुधबार ५० केजी समूहको फाइनलमा पुगेर स्वर्ण पदकको खेल खेल्नु अघि उनको तौल १०० ग्राम बढी भएको भन्दै फाइनल खेल खेल्न अयोग्य घोषित गरिएको थियो।