महिला एसिया कपको सेमिफाइनल समीकरण पुरा


काठमाडौं ।

जारी महिला एसिया कपको सेमिफाइनलको समीकरण पुरा भएको छ। समूह ए बाट समूह विजेता हुँदै भारत र उपविजेता बनेर पाकिस्तान सेमिफाइनलमा पुगेको छ। त्यस्तै समूह ए बाट नेपाल र युएई समूह चरणबाट बाहिरिएका छन्।

त्यस्तै समूह बी बाट श्रीलङ्का शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ भने बङ्गलादेश उपविजेता बनेर सेमिफाइनलमा पुगेको छ। त्यस्तै समूह बी बाट थाइल्यान्ड र  मलेसिया समूह चरणबाट बाहिरिएका छन्।

अब सेमिफाइनलमा भारत र बङ्गलादेश खेल्ने भएका छन् भने दोस्रो सेमिफाइनलमा श्रीलङ्का र पाकिस्तान खेल्ने भएका छन्। सेमिफाइनलका दुवै खेल जुलाई २६ मा हुने छन्। त्यस्तै प्रतियोगिताको फाइनल खेल जुलाई २८ मा हुने छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।