काठमाडौं आइरहेको बसमाथि पहिरो खसेपछि‍‍‍…


काठमाडौं ।

बझाङबाट काठमाडौंतर्फ आइरहेको एक बसमा पहिरो खसेको छ ।

शुक्रबार बझाङको जयपृथ्वी राजमार्गअन्तर्गत छविसपाथिभेराको भ्यागुते खोलानजिक सडकमाथिबाट खसेको पहिरो बसमै परेको थियो ।

गुडिरहेकै यात्रुबाहक बसमा अचानक माथिबाट ठूलो पहिरो खसे पनि दुर्घटना हुनबाट जाेगिएकाे छ ।

पहिरोले बसको पछिल्लो भागलाई धकेलेर भिरतर्फ धकेलेको थियो ।

गत शुक्रबार चितवनको भरतपुर महागनरपालिका-२९ स्थित सिमलतालमा यस्तै पहिरोले दुईवटा बस सोहोरेर त्रिशूलीमा हालेको थियो ।

उक्त बस ठुलाे दुर्घटना हुनबाट जोगिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।