सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीकी पत्नी भ्रष्टाचारी ठहर

3.38k
Shares

काठमाडौँ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीकी श्रीमती गीता सोडारी भ्रष्टाचारी ठहर भएकी छन्। नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको अभियोगमा विशेष अदालतले उनलाई बिहीबार दोषी ठहर गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले फैसला सुनाउँदै उनलाई दोषी ठहर गरेको हो।

कैलालीको धनगढी उपमहानगरपालिका–९ स्थित शिव निम्न माध्यमिक विद्यालयकी राहत शिक्षिका गीताले भारतबाट १० कक्षा अध्ययन गरेको शैक्षिक प्रमाणपत्र पेस गरेकोमा प्रमाणपत्र नक्कली रहेको ठहर भएको छ।

अख्तियारले २०७९ असोज ६ गते गीता सोडारीविरूद्ध मुद्दा दायर गरेको थियो। नक्कली प्रमाण पत्रका दोषीले कम्तीमा ६ महिनादेखि एक वर्षसम्म जेल बस्नुपर्ने प्रावधान छ।