काठमाडौं ।
वर्षमा एकपटक महानवमीका दिन मात्रै खुल्ने हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानी मन्दिर आज बिहान ५ बजेदेखि सर्वसाधारणका लागि खुला गरिएको छ।
मन्दिर खुलेसँगै पूजा, आराधना तथा दर्शनका लागि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। भक्तजनलाई सहज रूपमा दर्शन गराउने व्यवस्था मिलाइएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ।
अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार मन्दिर आज बेलुका ६ बजेसम्म खुला रहनेछ। फूलपातीका दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएकी तलेजु भवानीलाई विजयादशमीका दिन बिहान मूल मन्दिरमा फर्काइनेछ।











प्रतिक्रिया