पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना


काठमाडौँ ।

देशमा पश्चिमी वायुको आंशिक प्रभावका कारण आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ। त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागमा पनि आंशिक बदली रहनेछ।

देशका अधिकांश तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। सम्भावित वर्षा र हिमपातलाई ध्यानमा राख्दै महाशाखाले सम्बन्धित क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ।