पेरिस।
फ्रान्समा बढ्दो सामाजिक असन्तुष्टि, राजनीतिक ध्रुवीकरण र हिंसात्मक प्रदर्शनले आगामी राष्ट्रपतीय निर्वाचनको वातावरणलाई थप अनिश्चित बनाएको छ।
जलवायु सङ्कट, इन्धनको मूल्यवृद्धि र अन्तर्राष्ट्रिय द्वन्द्वका कारण चिन्तित नागरिक, ‘यल्लो भेस्ट’ आन्दोलनका सदस्य तथा विद्यार्थीहरू प्रदर्शनमा सहभागी भएका छन्। प्रदर्शनका क्रममा व्यापारिक प्रतिष्ठानमा लुटपाट, सरकारी कार्यालयमा तोडफोड र आगजनीका घटना भएका छन्।
राष्ट्रपति इमानुएल म्याक्रोंको कार्यकालमा परम्परागत राजनीतिक दल कमजोर बन्दै जाँदा अतिदक्षिणपन्थी दल ‘रासेम्बलमाँ नासियोनाल’ र कट्टर वामपन्थी दल ‘ला फ्रान्स इन्सुमिज’ को प्रभाव बढेको विश्लेषण गरिएको छ। यी दलको टकरावमुखी राजनीतिले समाजमा विभाजन र अस्थिरता बढाएको बताइएको छ।
सरकारले विद्यार्थी आन्दोलन व्यवस्थापन गर्न नसकेको र सार्वजनिक सुरक्षा नीतिमा असङ्गति देखाएको भन्दै आलोचना भइरहेको छ। संसद्मा बहुमतको अभाव र बढ्दो सार्वजनिक ऋणले सरकारमाथि थप दबाब सिर्जना गरेको छ।
सन् २०२७ मा हुने राष्ट्रपतीय निर्वाचनअघि बढ्दो हिंसा र राजनीतिक अस्थिरताले फ्रान्सको भविष्य थप अनिश्चित बनाएको छ। कट्टरपन्थी दलहरूको प्रभाव बढ्दै गए निर्वाचनको बहससमेत ध्रुवीकृत हुने जोखिम रहेको विश्लेषण गरिएको छ।











प्रतिक्रिया