फुटपाथ विस्तारको विरोधमा उत्रिए न्यूरोडका स्थानीय 



 काठमाडौँ। 

 न्यूरोड क्षेत्रको सडक काटेर फुटपाथ फराकिलो बनाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको निर्णयविरुद्ध आन्दोलन सुरु भएको छ ।

सडक साँगुरो बनाएर फुटपाथ निर्माण गर्न लगिएको भन्दै  न्यूरोडबासीले सोमबार प्रदर्शन गरेका छन् । उनीहरूले न्यूरोड गेटबाट भित्रतर्फ मानव साङ्लो बनाएर कालो ब्यानरहसित महानगरविरुद्ध प्रदर्शन गरेका हुन् ।

नयाँ सडकलाई साँघुरो बनाउने महानगरपालिकाको योजनाको विरोधमा स्थानीयबासीले मानव साङ्लो बनाएर सांकेतिक प्रदर्शन गर्दा यातायातसमेत सामान्य प्रभावित भयो ।

महानगरले ९ माघ २०८० देखि नै व्यापारिक क्षेत्र न्यूरोडका दायाँबायाँ  पर्किङ्ग हटाएर फुटपाथको चौडाई बढाउन निर्माणकार्य सुरु गरी सकेको छ।

तस्बिर: अनिल आङ्देम्बे

 

 

प्रतिक्रिया दिनुहोस्