साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै


काठमाडौं ।

साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ। गएराति सम्पन्न खेलमा अल हिलालले अल-अहलीलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

अल हिलालको जितमा एलेक्जन्डर मिट्रोभिक र माल्कमले एक एक गोल गरेका थिए भने भने अल अहिलीका लागि फेरास अल्ब्रिकानले एक गोल गरेका थिए। यो जितपछि अल हिलाल लिगमा ३० खेलमा अपराजित रहेको छ। अल हिलालले २० खेलमा २८ खेल जितेको छ भने २ खेल बराबरी खेलेको छ।

अल हिलालको ३० खेलमा ८६ अंकसहित शीर्ष स्थानमा रहेको छ। दोस्रो स्थानमा रहेको अल नासर अल हिलालभन्दा १२ अंकले पछाडी रहेको छ। त्यसैगरी अल अहलीको ३० खेलमा ५५ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।