आईपीएलमा आज दिल्ली र राजस्थान भिड्दै


काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै छ। आजको खेलमा दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच भिडन्त हुने छ।

दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि सुरु हुँदै छ। जारी आईपीएलमा दिल्ली ११ खेलमा ५ जित हात पारेको छ भने ६ खेलमा हार बेहोरेको छ।

१० अङ्कसहित दिल्ली अङ्क तालिकामा छैटौँ स्थानमा रहेको छ। त्यसै गरी राजस्थान यस सिजनमा १० खेलमा ८ जित हासिल गर्दै १६ अङ्कसहित अङ्क तालिकामा दोस्रो स्थानमा रहेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।