चन्द्रागिरी टिम च्याम्पियन



काठमाडौं ।

आयोजक चन्द्रागिरी तेक्वान्दो डोजाङले प्रथम चन्द्रागिरी राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ। १६ स्वर्ण, १२ रजत र ११ कांस्यसाथ चन्द्रागिरी समग्रमा टिम च्याम्पियन बन्यो।

दोश्रो भएको कोटेश्वर तेक्वान्दो डोजाङले ९ स्वर्ण, २ रजत र १३ कांस्य जित्यो। तेश्रो स्थानको नेसनल तेक्वान्दो एकेडेमी (एनटीए) ले ४ स्वर्ण, ५ रजत र ३ कांस्य प्राप्त गर्‍यो। शीर्ष तीन हात पार्ने टिमले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार पाए ।

प्रतिक्रिया दिनुहोस्