नेपाल इङ्ल्याण्ड ‘सी’ सँग २-० ले पराजित



काठमाडौं ।

नेपाल इङ्ल्याण्डको ‘सी’  टिमसँग पराजित गरको छ। इङ्ल्याण्डको एल्डरशट टाउनको घरेलु मैदान इबिबी स्टेडियममा गएराती सम्पन्न खेलमा इङ्ल्याण्ड सी टिम २-० ले विजयी भएको हो।

इङ्ल्याण्ड सी ले दुवै गोल पहिलो हाफमा गरेको थियो। खेलको आठौँ मिनेटमा निक काम्बाले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए। १३ औँ मिनेटमा क्यालाम स्टेडले दोस्रो गोल थपे।

दोस्रो हाफमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो। गोल गर्ने केही अवसर सिर्जना गरे पनि फिनिसिङ गर्न नसक्दा नेपाल गोल गर्नबाट चुकेको थियो।

प्रतिक्रिया दिनुहोस्