गण्डकी प्रदेशका सभामुखले संविधान र संसदीय प्रणालीमाथि प्रहार गरे- कांग्रेस



काठमाडौं ।

गण्डकी प्रदेश सभामा मुख्य मन्त्री खगराज अधिकारीले विश्वासको मत लिने क्रममा सभामुखद्वारा संविधानको मर्म र भावना तथा संसदीय पद्धति र अभ्यास विपरीत भएको असंवैधानिक कार्यप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले उक्त कार्य संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली र नेपालको संविधान माथि कै ठाडो प्रहार भएको भन्दै आपत्ति जनाएको हो ।

यस्तो असंवैधानिक कार्यको घोर निन्दा र भत्र्सना गर्दै नेपाली कांग्रेसले सर्वसत्तावादी चरित्रलाई उदाङ्गो पारेको ठहर गरेको विज्ञप्ति मार्फत जनाएको छ । तत्काल कायम रहेको सम्पूर्ण सदस्यको बहुमतबाट गर्नु पर्ने व्यवस्था हुँदाहुँदै ६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ सदस्यको मत चाहिनेमा सभामुखले ३० सदस्यको मत प्राप्त खगराज अधिकारीलाई विश्वासको मत प्राप्त भएको घोषणा गर्नुभएको थियो । उक्त घोषणा नेपालको संविधानको धारा १८८ को उपधारा ३ को मर्म र भावना तथा संसदीय शासन पद्धतिको आधारभूत मूल्य, मान्यता एवं संसदीय अभ्यास र परम्परा विपरीत रहेको कांग्रेसले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्