प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान



काठमाडौँ।

प्रधान सेनापति प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका प्राड सहायक रथी जीवनप्रसाद दाहाललाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गगरेका छन् । सोमबार जंगी अड्‌डामा आयोजित एक कार्यक्रमकाबिच उनलाई दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।
पदोन्नतिसंगै प्राड उपरथी दाहाललाई सोही विवाकको जिम्मेवारी दिइएको छ ।

उनी नेपाल सरकार, मन्त्री परिषद्को मिति २०८१ वैशाख २० गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका थिए।

कार्यक्रममा बलाधिकृत रथी अशोक राज सिग्देल, रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति भएका रथीवृन्दको परिवारजनको उपस्थिति थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्