नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको चौथो खेल आज 



काठमाडौं ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको सिरिजको चौथो खेल आज हुँदै छ। टियु मैदानमा हुने यो खेल दिउँसो १२: १५ बजेदेखि सुरु हुने छ।  सिरिजमा अहिलेसम्म वेस्ट इन्डिज ए २-१ ले अगाडी रहेको छ।

पहिलो खेल ४ विकेटले जितेको नेपाल त्यसपछिका दुवै खेलमा हार बेहोरेको थियो। नेपालले दोस्रो खेल १० रनले हारेको थियो भने तेस्रो खेल ७६ रनले हारेको थियो। नेपालले सिरिजको पाँचौँ तथा अन्तिम खेल मे ४ मा खेल्ने छ।

प्रतिक्रिया दिनुहोस्