पलेशा सम्मानित



काठमाडौं ।

किंग्स लाउन्ज काठमाण्डौले पलेशा गोवर्धन र प्रशिक्षक कविराज नेगी लामालाई सम्मान गरेको छ। किंग्स लाउन्ज काठमाण्डौका अध्यक्ष रामचन्द्र श्रेष्ठ र सिईओ तथा लाउन्जका डाईरेक्टर कुमार गुरुङ्गले पारा तेक्वान्दो खेलाडी पलेशा र कविराजलाई सम्मान पत्रद्धारा सम्मान गरेका हुन्।

चैत ४ गते चीनमा आयोजना भएको एसियाली छनोटमा स्वर्ण पदक जित्दै पलेशा पेरिस २०२४ पारालिम्पिकका लागि छनोट भएकी थिइन्। पलेशा छनोट चरण पार गरेर पारालिम्पिक खेल्न लागेकी पहिलो नेपाली खेलाडी हुन्। गत असोजमा चीनको हाङचाओमा सम्पन्न चौथो एसियाली पारा खेलकुदमा पनि पलेशाले ऐतिहासिक कांस्य पदक जितेकी थिइन्।

कविराजले सन् २०१५ देखि पारा तेक्वान्दो प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका छन्। उनको प्रशिक्षणमा नेपालले अहिलेसम्म १० वटा अन्तर्राष्ट्रिय पदक जितिसकेको छ। जसमा तीन स्वर्ण, दुई रजत र पाँच कांस्य छन्। नेगीले पलेशालाई सन् २०१६ देखि प्रशिक्षण गर्र्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्