मिलन र रुपेश फाइनल प्रवेश



ललितपुर ।

काभ्रेका मिलन लामा र ललितपुरका रुपेश जैसवाल नवौं वीर गणेशमान सिंह स्मृति बुद्धिचाल प्रतियोगिताको फाइनलमा पुगेका छन्।

मिलनले सेमिफाइनलको पहिलो ९० मिनेट क्लासिकल खेल प्रतिद्वन्द्वी क्षितिज भण्डारीसँंग सेतो गोटीवाट शुरु गरेका थिए। खेल प्रतिस्पर्धात्मक बन्यो । सो खेल सानो गल्तीका कारण हार्न पुगे। दोश्रो खेल कालो गोटीवाट शुरु गरेका उनलाई जित्नै पर्ने दबाब थियो । उनले यसमा जित दर्ता गरे र अंक बराबर गरे।

त्यसपछि ३ मिनेट २ सेकेन्ड इन्क्रिजमेन्ट ब्लिज खेलमा पहिला हार आत्मसात गरे भने दोश्रा आफ्नो पक्षमा पार्दै पुनः बराबर स्कोर खडा गरे। अन्तिम खेल अझ कौतुहलपूर्ण बन्यो। अर्मागेडन नियमअनुसार क्षितिजलाई सेतो गोटी ५ मिनेट अनि मिलनलाई कालो गोटी ४ मिनेट (नो इन्क्रिमेन्ट) समय दिएको थियो।

सेतोले जित्नै पर्ने र कालोले कमसेकम बराबर गर्दा फाइनल प्रवेश हुने थियो। उक्त निर्णायक खेलमा क्षितिजको हरेक चाललाई सटिक प्रतिचाल चाल्दै मिलनले बराबरीमा रोकी फाइनलमा प्रवेश गर्न सफल भए।

पहिलो पुरस्कार यामाहा सलुटो मोटरसाइकल जित्ने दाउमा रहेका रुपेशले युवा पुरुषोत्तम सिलवालसँग ब्लिज खेल दुबैमा बराबरी खेलेका थिए।

नेपाल च्याम्पियन रुपेश अर्मागेडन सेतो गोटीवाट जित्नै पर्ने खेलमा बराबरी गरे पुग्ने पुरुषोत्तमलाई पराजित गर्न सफल भए । यससँगै फाइनलमा प्रवेश गरेका रुपेशले अन्तिम भिडन्त मिलनसँग खेल्ने पक्का गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्