आईपीएल : मुम्बईलाई हराउँदै लखनउ तेस्रो स्थानमा



काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत लखनउ सुपर जाइन्टले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ।

गए राति सम्पन्न खेलमा लखनउले मुम्बईलाई ४ विकेटले पराजित गरेको हो। मुम्बईले दिएको १४५ रनको लक्ष्य पछ्याएको लखनउले १९.२ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो।

यसअघि मुम्बईले पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १४४ रन बनाएको थियो। यो जितपछि लखनउ तेस्रो स्थानमा उक्लिएको छ। १० खेलमा ६ जित र ४ हारसहित १२ अङ्क बटुल्दै लखनउ तेस्रो स्थानमा उक्लिएको हो।

त्यसै गरी यो हारपछि मुम्बईको प्लेअफको सम्भावना सकिएको छ। १० खेलमा ३ जित र ७ हार बेहोरेको मुम्बईको ६ अङ्क छ र नवौँ स्थानमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्