इंग्ल्यान्डविरुद्ध नेपालले खेल्ने



काठमाडौं ।

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले इंग्ल्यान्ड ‘सी’ टोली र ब्रिटिश आर्मी फुटबल टोलीविरुद्ध मैत्री खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार टोलीको विदाई गरेको हो। सो कार्यक्रममा नेपालका लागि बेलायती राजदूत रब फेन उपस्थित रहेका थिए।

यस्तै एन्फा अध्यक्ष पंकज नेम्वाङले खेलकुदको माध्यमबाट नेपाल र बेलायतको सम्बन्ध अझ गाढा हुने विश्वास लिएका छन्। नेपाली टोलीले यसै साता शनिबार मे ३ मा ब्रिटिश आर्मी टोलीसँग खेल्नेछ।

यस्तै आगामी मंगलबार मे ६ मा इङ्ल्यान्ड ‘सी’ को सामना गर्नेछ। दुवै खेल एल्डरशट टाउनको घरेलु मैदान ईबीबी स्टेडियममा हुनेछ।

एन्फाले इङ्ल्यान्ड भ्रमणमा जाने २३ सदस्यीय नेपाली टोलीको घोषणा समेत गरिसकेको छ। जसमा मुख्य डिफेन्डर अनन्त तामाङ भने अटेनन् ।

नेपाली टोलीः
गोलकीपरः किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार
डिफेन्डरः विमल पाण्डे, रोहित चन्द, छिरिङ लामा, अभिषेक लिम्बु, विशाल बस्नेत, सनिश श्रेष्ठ, सौभाग्य राई (सन्जित), योगेश गुरुङ
मिडफिल्डरः फत्तेमान घले, मणि लामा, लाकेन लिम्बु, भरत खवास, उत्सव राई, मनिष डाँगी
फरवार्डः अन्जन विष्ट, जिलेस्पीजंग कर्मी, सञ्जीव विष्ट, दिनेश हेन्जन, हिसुब थपलिया, समिर तामाङ

प्रतिक्रिया दिनुहोस्