अलपत्र र रुग्ण आयाेजनाकाे विवरण पठाउन गृह मन्त्रालयको निर्देशन


काठमाडौँ।

गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अलपत्र र रुग्ण आयाेजनाकाे विवरण पठाउन निर्देशन दिएकाे छ। मन्त्रालयले शुक्रबार सबै जिल्ला प्रशासनलाई पत्र पठाउँदै अलपत्र र रुग्ण आयाेजनाकाे विवरण पठाउन निर्देशन दिएको हो।

पत्रमा भनिएकाे छ- ‘मुलुककाे विभिन्न स्थानहरुमा संचालित याेजना तथा आयाेजनाहरु पूर्ण कार्यान्वयन नभई अलपत्र र अपुराे हुन गई सार्वजनिक काेष तथा सम्पतिकाे नाेक्सानी व्यहोर्नु परेकाे गुनासाे आएकाे सन्दर्भमा त्यहाँ जिल्लास्थित आयाेजना/याेजना संचालन गर्न कार्यालय/ निकायसँग समन्वय गरि त्यहाँ जिल्लास्थित हाल अलपत्र/रुग्ण अवस्थामा रहेका याेजना तथा आयाेजनाहरुकाे विवरण यश मन्त्रालयमा पठाउनुहुन अनुराेध छ। साथै त्यस्ता अलपत्र/रुग्ण याेजना/आयाेजनालाई पूर्णता दिन सम्बन्धित कार्यालय/निकाय लगायत सराेकारवालासँग समन्वय एवं सहजीकरण गर्नुहुन पनि अनुराेध छ।’

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।