आगो निभाउने तिलोत्तमाको दमकल आफै जलेपछि…



बुटवल ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल डढेलो निभाउन जाँदा आफै जलेको छ ।

तिलोत्तमा–८ गणेशनगरको जँगलमा डढेलो निभाउन गएको दमकलमा बुधबार दिउँसो हावासँगै एक्कासी आगोको लप्काले दमकलमा टिपेपछि इन्जिनसहितको भाग पूर्ण रुपमा जलेको हो ।

प्रहरी चौकी मँगलापुरका अनुसार नगरपालिकाका लु १ ग ३४९ नम्बरको दम्कलमा आगलागी भएको हो । घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्