यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय



काठमाडौँ।

सरकारले आगामी लगानी सम्मेलनका लागि अध्यादेश ल्याउने भएको छ। यसका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ।

४ निर्णय

१. लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपतिज्यू समक्ष पेश गर्ने ।

२. विपदबाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रबलीकरण, पुनर्स्थापना तथा पुनर्निर्माण गर्न तीन तहको सहलगानी हुनसक्ने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावलीमा संशोधन गर्ने ।

३. कतारका अमिरले भोलि वैशाख ११ गतेदेखि गर्नुहुने नेपालको राजकीय भ्रमणको अवसरमा वैशाख ११ गते सार्वजनिक विदा दिने ।

४. अर्थसचिवमा मधुकुमार मरासिनीलाई र अर्थसचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने ।

प्रतिक्रिया दिनुहोस्