एनआइसी एसिया बैंकको शाखा कार्यालयमा तोडफोड



मुगु ।

गय राती ९:२१ बजे बैंकको मुल ढोका फोडेर एक जनाले बैंकभित्र गएको बैंकको सिसि क्यामरामा देखिएको छ । उक्त व्यक्तिले बैंक भित्र प्रवेश गरेर सुरक्षागार्डले प्रयोग गर्ने जुत्ता र खुकुरी लिएको प्रहरीले जनाएको छ ।

बैंकमा १ जना मात्र सुरक्षाकर्मी भएको र उनको ड्युटी राती ८ बजेसम्म मात्र भएकोले त्यही मौका छोपी अज्ञात व्यक्तिले बैंकको मुल ढोका फोरेको देखिन्छ । प्रहरीले दिएको जानकारी अनुसार बैंकको ढोका फोरेर सुरक्षागार्डले प्रयोग गर्ने जुत्ता र खुकुरी लिने व्यक्ति बजार घुमिरहने मानसिक अवस्था ठिक नभएको जस्तो देखिने एक युवा भएको र उस्को खोजी भैरहेको छ ।

ढोका फोर्ने र जुत्ता खुकुरी चोर्नु बाहेक अन्य कुनै क्षति नगरेको देखिएको पनि प्रहरीले बताएको छ । यस सम्वन्धमा बैंकका शाखा प्रमुख विश्वराज वुढासङ्ग बुझ्न खोज्दा उनले बैकका कर्णाली प्रदेश सुचना अधिकारी अनिल आचार्यसङ्ग बुझ्न भने पनि आचार्यलाई फोन गर्दा उनको फोन नउठेको बताय ।

प्रतिक्रिया दिनुहोस्