धादिङका पालिकामा वैशाख भित्र एमाले अधिवेशन



धादिङ ।

नेकपा एमाले धादिङले सदस्यताको बारेमा निर्णय गरेसँगै वैशाख महिनाभित्र १३ पालिकाको अधिवेशन गर्ने तयारी गरेको छ ।
१० हजार संगठित सदस्य भएको नेकपा एमालेले यस वर्ष करिब ३ हजार नयाँ सदस्यले आवेदन दिएको र पुराना मध्ये ७ हजारले नवीकरण गरेको बताइएको छ ।
सम्पूर्ण सदस्यको अनलाइन विवरण राखेको एमालेले अनलाइनबाट नवीकरण गर्ने र इबैंकिंङबाट सदस्यताको पैसा तिर्ने सम्मको व्यवस्था मिलाएकोमा यस वर्ष देशभरमै पहिलोपटक सदस्यताबारे आफूलाई चुस्त राखेको हो ।

नेकपा एमाले धादिङले यहि २०८१ वैशाख ११ र १२ गते गंगाजमुना, १२ र १३ गते त्रिपुरासुन्दरी, १३ गते सिद्धलेक, १४ र १५ ज्वालामूखी, १६ र १७ बेनिघाटरोराङ, वैशाख १८ र १९ गजुरी, वैशाख १९ र २० नेत्रावती डबजोङ, वैशाख २२ र २३ नीलकण्ठ, वैशाख २४ र २५ गल्छी, वैशाख २६ र २७ धुनीबेसी, वैशाख २७ र २८ थाक्रे, वैशाख २९ गते खनियाबास, र वैशाख ३० गते रुबीभ्यालीको पालिका अधिवेशन गरिने नेकपा एमाले जिल्ला उपसचिव उर्मिला रेग्मीले जानकारी दिइन् ।

संगठन सुदृढिकरण र आफूलाई पारदर्शी बनाउन एमालेले बैंकिङ प्रणाली मार्फत आम्दानी खर्च गर्न थालेको बताउँदै मिसन २०८४ अन्तरगत सूर्यध्वजाबहाक उम्मेदवार जिताउन एमाले कार्यकर्ता एकढिक्का भएर लागि पर्ने जनएको छ ।
पालिका अधिवेशनबाट नयाँ नेतृत्व निर्माण गरी वडा अधिवेशन समेत गर्ने तयारी एमालेको छ ।

प्रतिक्रिया दिनुहोस्