दुई चार सिट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ:  गोकुल बास्कोटा



काठमाडौं ।

नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले चुनावपुर्व गठबन्धन गरेर दुई चार सिट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गर्न आग्रह गरेका छन्।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै सांसद बास्कोटाले फेरि राजनीतिक कचिङ्गलमा मुलुक फस्ने देखिनु दुखद भएको बताउँदै २-४ सिट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गर्नुपर्ने बताएका हुन्।

उनले भनेका छन्,  ‘फेरि राजनीतिक कचिङ्गलमा मुलुक फस्ने देखिनु दुखद हो। सधैँको अस्थिरता किन र केका लागि?समावेशी क्षेत्रलाई पनि प्रतिस्पर्धी बनाएर समेत  एउटै दलले बहुमत हासिल गर्न सक्ने चुनावी प्रणालीमा देशलाई लानै पर्छ । चुनावपुर्व गठबन्धन गर्ने, दुईचार सिट ल्याउने, सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ।’

प्रतिक्रिया दिनुहोस्