निलम्बित न्यायाधीश गिरी कारागार चलान


काठमाडौँ।

निलम्बित न्यायाधीश भुवन गिरी डिल्लीबजार कारागार चलान भएका छन् । सोमबार काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका गिरीलाई अदालतले डिल्लीबजार पठाउन आदेश दिएको हो ।

वैवाहिक बलात्कार मुद्दामा २०८० चैत २१ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उनलाई थुनामा पठाउन आदेश दिएको थियो।

पत्नी आरती गिरी रावलले वैवाहिक बलात्कार मुद्दा दायर गरेपछि उनी २०७९ चैत २८ मा पक्राउ परेका थिए । जेठी श्रीमतीसँग सम्बन्धविच्छेद भएपछि गिरीले आरतीसँग २०७५ असारमा कानुनी विवाह गरेका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।