सुप्रिम सहकारीमा १ अर्ब २ करोड अनियमितता, जीबी राईसहित २८ जनालाई मुद्दा चलाउन सिफारिस



बुटवल ।

बुटवलमा प्रधान कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा १ अर्ब २ करोडभन्दा बढी बिगो मागदाबीसहित २८ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित प्रहरीले प्रतिवेदन बुझाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलले जिल्ला सरकारी वकीलको कार्यालयमा शुक्रवार प्रतिवेदन बुझाएको हो । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक विजयराज पण्डितको अनुसंन्धानमा तयार पारिएको प्रहरी प्रतिवेदन हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक रन्जितसिंह राठौरका अनुसार १ अर्ब २ करोड हिनामिना भएको पाइएपछि सोही अनुसारको बिगो मागदाबी गर्नुपर्ने रायसहित फाइल प्रतिवेदन बुझाइएको बताए ।

अनुसन्धान सकाएर १ अर्ब २ करोडभन्दा बढी बिगो मागदाबी र २८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहित प्रतिवेदन बुझाएको प्रहरी उपरिक्षक राठौरले बताए। अब प्रतिवेदन अध्ययन गरी सरकारी वकील कार्यालयले मुद्दा दर्ता गर्नका लागि वाटो खुलेको एसपी राठौरले बताए। प्रतिवेदनमा सहकारीका त्कालिन अध्यक्ष जीबी (गितेन्द्रबाबु) राईसहित २८ जनालाई प्रतिवादी बनाउनुपर्ने प्रहरीको प्रतिवेदनमा उल्लेख गरेको छ ।

पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा तथा सहकारीका कोषाध्यक्ष दिपेश पुन, सुप्रिम सहकारीका अध्यक्ष ओमप्रसाद गुरुङ, दुर्गा चापागाईं पाण्डे, दीपक न्यौपाने, नीता थापामगर, रोशनी गुरुङ, सागर केसीसहित २८ जनालाई प्रतिवादी बनाइएको छ । सहकारीले ठगी गरेको भन्दै १ हजार ८३१ जनाले प्रहरीमा जाहेरी दिएका छन् । प्रतिवादी बनाइएका मध्ये जीबीसहित पाँच जना फरार छन् ।

सुप्रीम सहकारीवाट पीडितहरुले हालै बुटवलमा पत्रकार सम्मेलन गरी सरकार र गृहमन्त्री रवि लामिछानेको चर्को विरोध गरेका थिए । सरकार जिवित छ की छैन सहकारीले पारेको घाउमा मलम लगाउन पर्छकी पदैन । हाम्रो घरवार विग्रीयो छोराछोरीको भविस्य समाप्त भयो हामीलाई न्याय कसले दिने हो । भन्दै गरेको विलोनाले साचै नै यो देशमा सरकार नभएकै भान देखियो । सरकारमा सहभागी नहुँदै हालका गृहमन्त्री रविले आकासमा भएनी पातालमा भएनी जिविराईलाई पक्राउ गरी पीडितहरुलाई न्याय दिने भनु भएकोमा अहिले कारवाही गर्ने मन्त्रालयमा रहदा पनि कीन चासो नदिएको भन्दै दुवै आंखाको ज्याती गुमाएकी राजकुमारीले पीडा सुनाए ।

त्यसतै ३ करोड रुपैयाँ बचत गर्नु भएका बुटवलका कृष्ण प्रसाद खरेलले सुप्रीम सहकारीबाट ठगिएकोवारे जानकारी नगराएको कुनै निकाय नै नरहेको भन्दै गुनासो गरे । रवि लामिछानेले सरकार वाहिर हुँदा जीवीराईलाई पक्राउ गरी न्याय दिने भनेकाेमा सरकारमा गएपछि चासो नदिएको गुनासो गरे ।

सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु राई जिवी नेतृत्वको सहकारी सुप्रिम मार्फत १० हजार ३ सय ९१ जना बचतकर्ताहरूको १ अर्ब ७ करोड ८२ लाख ६७ हजार ७ सय २९ रुपैंयाँ रकम हिनामिना गरेको आरोप छ ।

सुप्रिम सहकारीबाट विभिन्न मितिमा राई अध्यक्ष र रास्वपाका सभापति रवि लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्क प्रालिमा विभिन्न ५ वटा मितिमा १२ करोड १४ लाख ८४ हजार ८ सय ६०, जिबी ग्ररुप एण्ड कम्पनी लिमिटेडमा विभिन्न ७ वटा मितिमा गरी १४ करोड ९९ लाख ५९ हजार ५ सय २०, स्प्रिङ उड रियल स्टेड हाउजिङ प्रालिमा ३ वटा मितिमा ६ पटक गरी १८ करोड २१ लाख ७८ हजार १ सय ८३ रुपैयाँ रकम लगेको देखिएको छ ।

त्यस्तै राई सञ्चालक रहेको नेचर नेष्ट प्रालिमा विभिन्न ३ वटा मितिमा २ करोड ८९ लाख ७१ हजार ८ सय ८५ र गितेन्द्रबाबु राईको नाममा ३ वटा मितिमा ६ करोड २० लाख ८८ हजार ४ सय ८९ रुपैयाँ गरी ७८ करोड ५० लाख ७६ हजार बढी रकम लगेको लुम्बिनी प्रदेश सहकारी रजिष्टारको प्रतिबेदनमा देखिएको छ । सरकारले नसुनेको भन्दै पीडितहरुले यही बैशाख ४ गते बुटवलमा जनदवाब स्वरुप विरोध प्रदर्शनी गर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्