धादिङ ट्रक दुर्घटना अपडेट : एकै परिवारका दुईको मृत्यु, ७ जना घाईते



धादिङ ।

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ पिमलखोला नजिक घट्टेखोलामा गोठेमल बोकेको आईचर ट्रक आइतबार बिहान दुर्घटना हुदा दुईजनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् ।

घरबाट मल उठाएर खेतमा लान लागेको बा ३ ख ८९४७ नम्बरको आईचार ट्रक साँघुरो कच्ची घुम्ती सडकबाट १५० मिटर तल पिमलखोलामा पुगेर दुर्घटना भएको जिल्ला प्रहरी कायालयका सुचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक महेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो । स्थानीय ३७ वर्षीय गोपी भन्ने राम रमतेलको घरको मल बोकेर खेतमा लानेक्रममा ओरालो बाटोमा ब्रेक फेल भएर दुर्घटना भएको स्थानीयबासीले बताएका छन् । दुर्घटनामा राम रमतेल, उनका छोरा ११ वर्षीय शन्तोष रमतेलको मृत्यु भएको छ । बाबुको उपचारको क्रममा र छोराको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

रमतेल परिवारका जेठो छोरा १५ वर्षीयकृष्ण रमतेल, माइला छोरा १२ वर्षीय सुजन रमतेल समेत घाइते भएपछि घरमा ढोका लागेको छ । दुर्घटनामा ११ वर्षीय विमल मजकोटी, १२ वर्षीय प्रितम रमतेल, १२ वर्षीय सुजन रमतेल, १७ वर्षीय सुजित मजकोटी र ४० वर्षीय सवारी धनी तथा चालक विष्णु सिर्मल समेत गम्भीर घाईते भएकोले ६ जनालाई थप उपचारका लागि ट्रमा सेन्टर भर्ना गरिएको छ । परिवारका सबै मल लान लाग्दा गाउका केही बालकहरु समेत सवारी साधनमा चढेका थिए । ट्रकमा भएका सबै घाइते भएका हुन् ।

गाडी ब्रेक फेल भएपछि स्टेरिङ समेत मोड्न नसक्दा सिधै खोलामा खसेको थियो । दुर्घटनापछि स्थानीय बासी, नेपाल प्रहरी, स्वयंसेवकले उद्धार गरि धादिङ अस्पतालमा उपचारका लागि पठाईएको उद्धारमा सम्लग्न रेडक्रकर्मी नेमबहादुर श्रेष्ठले बताउनुभयो । घाइतेहरुको धादिङ अस्पतालमा सामान्य उपचार पछि हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं ट्रमा सेन्टर लाने पठाईएको छ ।

दुर्घटनापछि पतेनी गाउँ पुरै शोकमा डुबेको छ । उपचारमा लाने मानिस नरहनेगरि एक घरमा बज्रपात परेको र सबै घाइते गरिव परिवारका व्यक्ति हरु रहेकोले राज्यले सघाउनुपर्ने सामाजिक अभियानता श्याम मगरातीको भनाई छ । दुबै सबको आइतबार धादिङ अस्पतालमा पोष्टमार्म गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्